लुम्बिनी एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन

लुम्बिनी एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन


काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरी सर्वसम्मत चयन भएका छन् । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ ।

आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैजनालाई सर्वसम्मत चयन गरेकाे हाे । गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।