राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। उक्त आयोगका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागि थिए ।

हदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरे ।

‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला,’ प्रचण्डले भने।