काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका हुन् । उनले पुस ११ गते शपथ लिएका थिए ।
विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।





प्रतिक्रिया