काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा कञ्चनपुर क्षेत्रनम्बर ३ बाट लेखक प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।




प्रतिक्रिया