बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो छलफल ?

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

प्रचण्ड र ओलीबीच विश्वासको मत लिने, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्ने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेसहितका विषयमा छलफल भएको जनाइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ-आफ्नो सुझाव दिइसकेका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे दुई नेताबीच सहमति भएको छ । १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले ११ पुसमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।