काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई समय तोकेका हुन् ।
पुस २७ गतेसम्म दलहरूलाई समय दिइएको छ । कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो ।
संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।





प्रतिक्रिया