राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा वर्तमान सरकारमा सहभागी हुने भएको हो । यसभन्दा अघि राप्रपाले सरकारलाई बाहिरबाट समर्थन गर्ने तत्काल सहभागी भने नहुने निर्णय गरेको थियो ।

तर, पछि राप्रपाले केही शर्त राखेर सरकारमा जाने निर्णय गरेको हो । जसअनुसार राप्रपाले राष्ट्रिय एकता दिवसलाई पहिलो सर्त बनाएको थियो । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने राप्रपाको माग छ ।

त्यस्तै राप्रपाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना एजेन्डाहरू समावेश भएको खण्डमा सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो । बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई आफ्ना एजेण्डाहरु सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश हुन्छ की हुँदैनन् भनेर प्रश्न गरे ।

यस विषयमा प्रधानमन्त्री प्रचण्ड सकरात्मक रहेका छन् । त्यसकारण राप्रपा सरकारमा जाने निश्चित भएको हो । लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जनाइएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित अन्य २ वटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । तर, सत्ता गठबन्धनले भने राप्रपालाई उपप्रधानमन्त्री र अन्य १ मात्र मन्त्रालय दिने प्रस्ताव गरेको छ ।