काठमाण्डु – एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’प्रति सकारात्मक रहेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले व्यक्तिगत रुपमा प्रचण्डप्रति सकरात्मक धारणा रहेको बताएका हुन्।
तर सरकारलाई विश्वासको मत दिने विषयमा भने सबै पक्षको विष्लेषण गरेर मात्रै निर्णय लिने उनले बताए। अध्यक्ष नेपालले भने, ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ।’ अबको ध्यान पार्टी निर्माणमा रहेको उनले उल्लेख गरे।




प्रतिक्रिया