बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र डा. भट्टराईबीच भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाइको छ ।