उर्जामन्त्री बङगलादेश भ्रमणमा: बङगलादेशद्धारा नेपालबाट ९ हजार विजुली खरिद गर्ने योजना सार्वजनिक

उर्जामन्त्री बङगलादेश भ्रमणमा: बङगलादेशद्धारा नेपालबाट ९ हजार विजुली खरिद गर्ने योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढांका – बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

ढांकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुपमा पाउने दाबी गर्नुभयो । उहाले भन्नुभयो ‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो कोशिस जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ ।’ उले बङगलादेश,भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।

नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए। उर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आउनुभएको छ ।

उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहकोे भन्दै आफुहरु बङगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राख्नुभयो ।‘ हामी १० बर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ,त्यसमा ५ हजार विजुली बङगलादेशलाई बेच्न हामीलाई समस्या हुंदैन् ।’ मन्त्री पुनले भन्नुभयो ।

बङगलादेशको तीन दिने भ्रमणका क्रममा ढांका पुग्नुभएका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्दै हुनुहुन्छ । उहाले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।