विप्लव समूहकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव समूहकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

भुजेललाई भदौ १२ बालाजुबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ ।

तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको छ । आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् ।माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकी उनी नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आएकी छन् ।