अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइएका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।