जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना (तस्बिरहरू)

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा उद्धाघटन भएको छ।

शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। फोटो तथा युनिट विशेष प्रदर्शनी माघ ९ गतेसम्म जंगी अड्‍डा परिसरमा सञ्चालन हुनेछ ।

नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्य, ऐतिहासिक हातहतियार तथा उपकरणहरू, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत विविध सामाग्री तथा फोटोहरू प्रदर्शनीमा राखिएका छन्।

आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधि नजिकबाट नियाल्न आयोजना गरिएको प्रदर्शनीमा अवलोकनकर्तालाई छुट्टाछुट्टै स्टल बनाई देखाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीको उद्घाटनमा प्रधानसेनापति शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०७९ का विजेतालाईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

समारोहमा नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू लगायत संचारकर्मीहरूको उपस्थिति थियो ।