तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो,सावधानी अपनाउन अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो,सावधानी अपनाउन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे मासम पूर्वानुमान गरेकाे छ । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश- १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सु,कुहिरो लागेर दैनिक जनजीवन,स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।