डोजर आतंक बन्द गर भन्दै महानगरविरुद्ध सुकुम्बासीको प्रदर्शन

डोजर आतंक बन्द गर भन्दै महानगरविरुद्ध सुकुम्बासीको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू-स्वामित्व प्रदान गर्न माग गरेका छन् ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरुले ‘डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुम्बासीको पनि हो, सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।