प्रवक्ता प्रकाण्डलाई आठ दिन धुनामा राखेर अनुसन्धान गर्न दाङ अदालतको आदेश

प्रवक्ता प्रकाण्डलाई आठ दिन धुनामा राखेर अनुसन्धान गर्न दाङ अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ जिल्ला अदालतले आदेश दिएको छ।

म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा आइतबार दाङ र्पुयाइएका प्रकाण्डविरुद्धको मुद्दामाथिको पहिलो सुनुवाइपछि अदालतले अबको ३ दिनमा यथेष्ठ प्रमाणसहित उपस्थित हुन प्रहरीलाई आदेश जारी गरेको छ।

नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गत मंसिर १२ मा दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका–१८ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो।

दाङ प्रहरीका अनुसार विश्वकर्मामाथि लगाइएको यो सबैभन्दा ठूलो मुद्दा हो। प्रकाण्डलाई शुक्रबार साँझ ५ः४५ बजे दाङ पुर्याइएको थियो।
भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ ल्याएको हो।