काठमाण्डु – सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
सो क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए।




प्रतिक्रिया