काठमाण्डु- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् । शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् ।
एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा पुगिसकेकी छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा जाने बताइएको छ ।
गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ । बाहिरी रुपमा मन्त्री बनाउनेसम्मको चर्चा समेत सुनिएको छ ।




प्रतिक्रिया