तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या, एक पक्राउ

तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या, एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा– नेपाली कांग्रेसको युुवा संगठन तरुण दल नेपाल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या भएको छ। आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार घटनापछि हतियारसहित रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ।

मातृपार्टी कांग्रेसले जारी गरेको विज्ञप्तीमा देवबहादुर घर्ती मगरलगायतले गोली हानी हत्या गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।