काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला बिन जरवान अल शम्सीबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला बिन जरवान अल शम्सीबीच जंगीअड्डामा भेटवार्ता भएको हो।
प्रधानसेनापति शर्माकाे कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।




प्रतिक्रिया