सेन्ट्रल कन्ट्रयाक्टका लागि क्यानको नयाँ ग्रेडिङ- ज्ञानेन्द्र ‘बी’ ग्रेडमा, सन्दीप परेनन्


काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् । क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement