काठमाण्डु- भारतका १२ जना सेना पूर्वप्रमुख नेपाल आउने भएका छन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन भारतका १२ जना पूर्व प्रमुख नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी दिएका पूर्व १२ जना सेना प्रमुखहरूलाई बोलाएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
जसअनुसार भारतीय सेनाका पूर्वप्रमुखहरू विश्वनाथ शर्मा, संकर रोय चौधरी, बेदप्रकाश मलिक, सुन्दरराजन पद्मानभम्, निर्मल चन्दर बीज, जोगीन्दर जसवान्त सिँह, दीपक कपूर, डा विजय कुमार सिँह, विक्रम सिँह, दलवीर सिंह, मनोज मुकुन्द नरवाणे र मनोज पाण्डे आउने भएका हुन् ।
आगामी फागुन ६ गते २६० औं सेना दिवस मनाइदैँ छ ।




प्रतिक्रिया