प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेरबीच भेटवार्ता भएको छ।

मंगलबार जंगी अड्डामा भएको भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं,’ सेनाले जारी विज्ञप्तिमा भनिएको छ।