सशस्त्रमा चार एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

सशस्त्रमा चार एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीमा ४ जना डिआईजीका लागि बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार बसेको बैठकले सशस्त्रका रिक्त चार डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एसएसपीको वरियतामा शाह आफ्नो व्याचबाट एक नम्बरमा थिए । उनलाई तिन नम्बरमा पुर्याइएको छ । दुई नम्बरमा रहेका श्रेष्ठ एक नम्बरमा, तीन नम्बरमा रहेका थापा चारमा र चारमा रहेका पोखरेल दुई नम्बरमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा भएका अधिकृतहरु २०५९ सालमा भर्ना भएका हुन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु दिपेन्द्र शाह,कृष्णराज पाठक, सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा,प्रकाश थापा र विनोदराज श्रेष्ठ बढुवाका लागि दौडमा थिए ।

तिमध्ये प्रकाश थापा र विनोद श्रेष्ठ स्टाफ कलेज उर्तिण नभएको हुंदा बढुवाको प्रतिस्पर्धामा थिएनन् । पाठकको कमजोर कार्यसम्पादनका कारण सिनियर भएपनि उनको बढुवा पाउने सम्भावना कम थियो । उनि नेपाल प्रहरीको प्राविधकितर्फको प्रहरी नायव निरीक्षक (सई) पदबाट सशस्त्रमा भर्ना भएका अधिकृत हुन् ।