काठमाण्डु- प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा शर्माले भट्टलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
भट्ट माघ २३ मा उपरथीमा बढुवा भएका थिए । उनलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका १ (एक) जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नती भएका ४ (चार) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।




प्रतिक्रिया