साफ महिला यु-२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

साफ महिला यु-२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३-० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथी इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको बिजेता बन्न सफल भयो ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।