अफगानिस्तानको दक्षिणी प्रान्तमा चार प्रहरी र ८७ आतङ्ककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्तमा चार प्रहरी र ८७ आतङ्ककारी मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल – फगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमबार मध्यरातमा गरेको कारबाहीमा ५७ आतङ्ककारी मारिनुको साथै १६ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतङ्ककारीहरु रहेका थिए ।

त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतङ्ककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतङ्ककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताएका छन् । शुक्रबार राति सोहीे जिल्लामा भएको आतङ्ककारी आक्रमणमा २० जना सैनिकको मृत्यु भएपछि प्रतिशोधको रुपमा यो कारबाही भएको बताइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २० मा संसदीय र जिल्ला परिषदको निर्वाचनको तयारी भइरहेको अवस्थामा अफगान सुरक्षाफौजले संयुक्त गठबन्धन सेनाको सहयोगमा आतङ्ककारीविरुद्ध भीषण जमिन र हवाई कारबाही शुरु गरेको छ । तालिबान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । सिन्ह्वा