सेनामा उच्च अधिकृतको सरूवा : सैनिक सचिवमा महत र उपत्यकामा थापालाई जिम्मेवारी

सेनामा उच्च अधिकृतको सरूवा : सैनिक सचिवमा महत र उपत्यकामा थापालाई जिम्मेवारी


काठमाण्डु – नेपाली सेनाका उपरथी र सहायक रथीहरूको सरूवा भएको छ । सेनाको पूर्वी पृतनाबाट उपरथी सहदेव खड्कालाई सेनाको वार कलेज नगरकोट, निरीक्षणाधिकृत (आइजी अफिस) मा  योगराज शर्मा, उपत्यका पृतना प्रमुखमा सागर थापा र कृष्णदेव भट्टलाई प्रबन्ध रथीको जिम्मेवारी दिइएको छ ।

सहायक रथी मान बहादुर महरालाई नीति,योजना निर्देशनालय, सैनिक सचिवमा काभ्रेको भकुण्डेस्थित २६ बाहिनीबाट ज्योतेन्द्र महत, गौरव केसी ३ बाहिनी, कृष्ण जिसी मध्यपश्चिम पृतना वुटवल, नवराज गुरूगं वेव्री र यम सापकोटाको मध्य पृतनामा सरूवा भएको छ ।