निर्मला पन्त हत्या प्रकरण : उपसचिव केसी छानविन समितिमा फिर्ता

निर्मला पन्त हत्या प्रकरण : उपसचिव केसी छानविन समितिमा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा गठित छानविन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी पुनः छानविन समितिमा फिर्ता भएका छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताएका छन्। गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् ।

केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् । छानविन आयोगको म्याद १५ दिन बढाइएलगत्तै केसीले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी कार्यदलबाट राजिनामा दिएको घोषणा गरेका थिए।

विज्ञप्ती