सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित दायर गरेको रिटमा पेसी तोकिएको छ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ। १५औं नम्बरमा लामिछानेको मुद्दा पेसी रहेको छ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।