मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो ।

गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए।