काठमाण्डु- नेकपा एमालेले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउन एकीकृत समाजवादीलाई पत्र लेखेको छ ।
ओलीको हस्ताक्षरसहितको पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सम्बोधन गर्दै नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ ।
पत्रमा आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार सुवास नेम्वाङका पक्षमा मतदान गर्न आग्रह गरिएको हो ।
पत्रमा भनिएको छ, ‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’





प्रतिक्रिया