फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने

फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्ने बताएका छन् ।

युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना सार्वजनिक गर्दै चीनले तत्काल शान्ति वार्ताको आह्वान गरेको एक दिनपछि पेरिसमा बोल्दै म्याक्रोँले भने, “रुसी आक्रमण रोकियो, सेना फिर्ता भयो र युक्रेन र त्यहाँका जनताको क्षेत्रीय सार्वभौमिकताको सम्मान गरियो भने मात्र शान्ति सम्भव छ ।”

“चीन शान्ति प्रयासमा संलग्न हुनु राम्रो कुरा हो,” राष्ट्रपति म्याक्रोँले भने। ‘रूसलाई कुनै पनि हतियार आपूर्ति नगर्न’ उनले बेइजिङसँग आग्रह गरे।

रुसले रासायनिक वा आणविक हतियारको प्रयोग गर्नसक्ने आशङ्का व्यक्त गर्दै वार्ताअघि नै यो आक्रमण रोक्न दबाब दिन पनि बेइजिङको सहयोग रहनेमा उनले विश्वास व्यक्त गरे ।

चीनले रूसलाई हतियार उपलब्ध गराउनेबारे सोचिरहेको पश्चिमा मुलुकहरूको आरोपबीच सङ्कटको ‘राजनीतिक समाधान’का लागि आह्वान गरिएको चीनको १२ बुँदे पत्रमा आफुमाथि लागेको रूससँगको सैन्य सहकार्यबारे भनाइलाई बेइजिङले झुटो भन्दै यसको खण्डन गरेको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको एक बर्ष पुगेको दिन सार्वजनिक सामग्रीमा सबै पक्षलाई ‘रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र जतिसक्दो चाँडो प्रत्यक्ष संवाद सुरु गर्न सहयोग गर्न’ चीनले आग्रह गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा मस्कोको आणविक हतियार प्रयोग गर्ने धम्की दिएपछि यसले आणविक हतियारको प्रयोगमात्र होइन, त्यसलाई तैनाथ गर्ने धम्कीको विरूद्धमा चीन रहेको पनि पत्रले स्पष्ट पारेको छ ।