१२ चैतभित्र प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

१२ चैतभित्र प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको छ।

सरकारमा सहभागी दल राप्रपाले शनिबार आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले आगामी ३० दिनभित्र अर्थात् १२ चैतभित्र विश्वासको मत लिनुपर्ने भएको हो ।

संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

गत पुस १० गते कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट अलग्गिएर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । त्यसपछि २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि संसदमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले विश्वासको मत दिए ।

तर, राष्ट्रपति निर्वाचनमा भने प्रचण्ड नेपाली कांग्रससँग मिल्नुका साथै आठ दलीय गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको हो । त्यसकारण राप्रपाले समर्थन गरेकाले अब प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने छ ।