काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका छन्। मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकिदिएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्। पुस १० मा बनेको सत्ता समीकरणमार्फत पौड्याल एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् ।
तर, राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत ८ दलको अर्को गठबन्धन बनेको छ । उक्त गठबन्धन बनेसँगै एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ ।




प्रतिक्रिया