सर्वोच्चले दियो सन्दिप लामिछानेलाई विदेश जाने अनुमति

सर्वोच्चले दियो सन्दिप लामिछानेलाई विदेश जाने अनुमति

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छोड्न आदेश दिएकाे थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।