संघदेखि सबै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार बन्छ: गगन थापा

संघदेखि सबै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार बन्छ: गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा आठ दलीय गठबन्धनबाट सरकार बन्ने बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दैँ उनले १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन्।

‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ । पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ । पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ ।’ महामन्त्री थापाले भने ।

आठ दलीय गठबन्धन जनताको अपेक्षा अनुसार बनेको उनको दाबी थियो ।