आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल

आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने बताएका छन्। मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए। उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे।

उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए।