काठमाण्डु – सरकारले सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको हो ।
बैठकले विभिन्न नौवटा निर्णय गरेको छ ।





प्रतिक्रिया