आईसीसी विश्वकप लिग-२ खेल्न युएई गए सन्दीप लामिछाने

आईसीसी विश्वकप लिग-२ खेल्न युएई गए सन्दीप लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई गएका छन् ।

लामिछाने आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई गएका हुन्।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो युएई गएका हुन् ।

उच्च अदालत पाटनले नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई धरौटीमा जेलमुक्त गरे पनि विदेश जान भने रोक लगाएको थियो। सोविरुद्ध सर्वोच्चमा निवेदन दिएका सन्दीपलाई राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिइएको थियो।