एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ । एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् ।