जोगबुढाको महोत्सव: दर्शक नभएरै हुनेभयो भाइरल (हेर्नुहाेस् तस्बिर)

जोगबुढाको महोत्सव: दर्शक नभएरै हुनेभयो भाइरल (हेर्नुहाेस् तस्बिर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा लागेको महोत्सवमा थोरै मानिसको सहभागिता देखिएको छ ।

परशुराम नगरपालिका वडा न. १२ स्थित जोगबुढामा फागुन १५ गतेदेखि लागेको महोत्सवमा दर्शकहरुको संख्या भने कम देखिएको हो ।  महोत्सव हेर्न पुगेका स्थानीय युवा दान बहादुर बाेहराले थोरै मानिसको सहभागिता भएकाले महोत्सवमा रमाइलो नभएको बताए ।

‘देशको अन्य ठाउँमा यस वर्ष महोत्सवमा भाइरल हुनेको संस्या बढ्दो छ ।  तर, हाम्रो जोगबुढाको महोत्सव भने मानिस नै नआएर भाइरल हुनेभयो । युवाहरु सबै विदेशको खाडितिर लागे अनी, गाउँ टोलमा मानिस नै नभएपछि कहाँबाट आउँछन र महोत्सव हेर्न ?’, दान बाेहराले भने ।

जुगबुढामा महोत्सव लागेको आज तिन दिन भयो । तर, तिनै दिन भने दर्शकहरुको उपस्थिति भने देखिएको छैन् । जोगबुढा उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सव फागनु २५ गतेसम्म लाग्नेछ ।

May be an image of 2 people and outdoors

No description available.

No description available.

No description available.