राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा कुनै दुईमत छैन : प्रवक्ता महत

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा कुनै दुईमत छैन : प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन् ।

बिहीबार ८ दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताए । उनले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भावना ठूलो रहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ। उहाँका लागि अहिलेसम्म ११ दलहरुले नै समर्थन गर्नुहुने भएको छ। अरु दलहरुबाट पनि समर्थन प्राप्त हुनसक्छ। किनभने अहिलेको लागि उपयुक्त पात्र हो।

लोकतन्त्रको लागि लामो संघर्ष गरेको व्यक्तित्व हुनुहुन्छ, साथै संविधान रक्षाको लागि महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। समर्थन अझै बढ्ने सम्भवना छ। एमालेको पनि हाम्रो उम्मेदवारलाई समर्थन भए झनै राम्रो हो। धेरै ठूलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ। अहिलेको आवश्यक्ताको पूर्ति उहाँले गर्न सक्नुहुन्छ भन्नेमा नै समर्थन प्राप्त भइरहेको छ।

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिबद्धता जनाएको बताए ।