काठमाण्डु – चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएको उनका आफन्तले बताएका छन् ।
लामो समय देखि घर जग्गा कारोबारमा संलग्न तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसकेपछि आत्महत्या गरेका हुन् । तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् ।
मिटर ब्याजीले एक लाखको ८ हजार मासिकदेखि १५ हजारसम्म ब्याज लगाउन थालेपछि उनी आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।
करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्युपछि अब ऋण दिने मिटर ब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।




प्रतिक्रिया