त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको छ। तत्कालीन महाप्रवन्धक प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धककाे जिम्मेवारी दिइएको हो।

विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।

त्यस्तै भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ। उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए।