आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेका छौँ : प्रधानमन्त्री दाहाल

आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेका छौँ : प्रधानमन्त्री दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताए।

प्रधानमन्त्री दाहालले भने, ‘आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ। नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो। नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधीहरू पाइन्छन्। सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

आयुर्वेद अस्पतालका लागि औषधीहरूको मुख्य थलोको रूपमा नेपाललाई भारतले राखेको छ। अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ। तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ। यसलाई हामीले न्युनीकरण गर्दै जानुपर्छ।’