काठमाण्डु- प्रहरीले होलीको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो।
प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न उक्त सन्देशमा उल्लेख गरिएको छ ।
कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न पनि प्रहरीले भनेको छ ।





प्रतिक्रिया