काठमाण्डु- आठ दलीय गठबन्धनले संघ र प्रदेशसभा सांसदहरु संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ ।
सत्ता गठबन्धनले फागुन २४ गते अभिमुखीकरण दिन संघ र प्रदेशसभा सदस्यहरुको बेला बोलाएको थियो । तर, निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित गरिएको हो ।
संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन काठमाण्डुमा बोलाइएको थियो । निर्वाचन आगोगका अनुसार आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुनेछ ।
पुरानो पाँच दलीय गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि सांसदहरुलाई अभिमुखीकरण दिने कार्ययक्रम थियो ।




प्रतिक्रिया