काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई सांसदको विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेशसभाको बैठकबाट शाहलाई दुई तिहाई सांसदले विश्वासको मत दिएको हुन् । आजको बैठकमा ५२ जना सांसद उपस्थित थिए । जसमध्ये मनको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको थियो ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको सरकार ढलेको थियो ।
रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।




प्रतिक्रिया