प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई बुझाए आर्थिक वर्षको वार्षिक प्रतिवेदन

प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई बुझाए आर्थिक वर्षको वार्षिक प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो। संवैधानिक व्यवस्था अनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूकाे सहभागिता रहेकाे थियाे ।